काठमाडौं । नेपाल प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको १८ लाख नगद सहित एक जना पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-६ तिनचुलीबाट स्रोत नखुलेको नगद १८ लाख १६ हजार ५ सय रूपैयाँ सहित सोही महानगरपालिका-६ आरूबारी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भएका १९ वर्षीय दावा शेर्पालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
