२०८३ भाद्र २७ गते शनिवार

images
  • प्रमुख समाचार
  • काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड...

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड एआईजी ईश्वर कार्कीलाई

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड एआईजी ईश्वर कार्कीलाई

सहर्ष न्युज
मंगलवार, मंसिर १० २०८२
सहर्ष न्युज
मंगलवार, मंसिर १० २०८२
  • काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड अब एआईजी ईश्वर कार्कीले सम्हाल्ने भएका छन्। मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार कार्कीलाई औपचारिक रूपमा उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको हो।

    २४ कात्तिकमा एआईजी दानबहादुर कार्की प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएपछि रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालय एआईजीविहीन बनेको थियो। सोही रिक्त स्थानमा सरकारले ईश्वर कार्कीलाई जिम्मेवारी दिएको हो।

    ईश्वर कार्की कोसी प्रदेश प्रहरी कार्यालयका इञ्चार्ज रहेकै बेला एआईजीमा बढुवा भएका थिए। सम्भवत: बुधबार दर्ज्यानी चिन्ह (इन्सिग्निया) लगाएर उनले आधिकारिक रूपमा कमाण्ड सम्हाल्ने तयारी भएको स्रोतले जानकारी दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend