२०८३ भाद्र २७ गते शनिवार

images

न्वागी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा

न्वागी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा

सहर्ष न्युज
आइतवार, मंसिर ८ २०८२
सहर्ष न्युज
आइतवार, मंसिर ८ २०८२
  • तानसेन । न्वागी पर्वको अवसरमा पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले निर्णय अनुसार पालिकाभित्रका सबै कार्यालय तथा शिक्षण संस्था एक दिनका लागि बन्द रहनेछन्।

    यस क्षेत्रका किसान तथा स्थानीयवासी बीच नयाँ धान भित्र्याएपछि त्यसको चामल देवीलाई चढाएर मात्रै घरमा खाने पुरानो परम्परा रहेको छ। यही परम्परालाई न्वागी पर्वको रूपमा मनाइने गरेको गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले जानकारी दिए।

    उनका अनुसार नयाँ चामलमा दही, केरा, सुकमेल, ल्वाङलगायतका सामग्री मिसाएर बनाइने प्रसाद देवीलाई चढाइन्छ र त्यसपछि मात्र न्वागी पर्व औपचारिक रूपमा मनाइन्छ।

    पर्वकै अवसरमा लोपोन्मुख पञ्चेबाजा, सोरठी, ठूलोनाच जस्ता सांस्कृतिक नृत्य प्रदर्शन गरिने चलन रहिआएको छ। गाउँपालिकाका अनुसार सार्वजनिक बिदाका दिन सबै सरकारी तथा शैक्षिक कार्यालय बन्द रहनेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend