२०८३ भाद्र २८ गते आइतवार

images

ट्रम्पको नीतिले अमेरिकामा फेरि बेरोजगारी बढ्यो

ट्रम्पको नीतिले अमेरिकामा फेरि बेरोजगारी बढ्यो

सहर्ष न्युज
शुक्रवार, मंसिर ६ २०८२
सहर्ष न्युज
शुक्रवार, मंसिर ६ २०८२
  • काठमाडौं : अमेरिकाको लामो सरकारी बन्दपछि ढिलो गरी सार्वजनिक भएको सेप्टेम्बर महिनाको रोजगार रिपोर्टअनुसार बेरोजगारी दर ४.३ प्रतिशतबाट बढेर ४.४ प्रतिशत पुगेको छ।

    अगस्टको तुलनामा जम्मा एक लाख १९ हजार मात्र रोजगारी थपिएको छ भने अर्थशास्त्रीहरूले अपेक्षा गरेको ५० हजारभन्दा पनि ४ हजार कम रोजगारी थपिएको देखिएको छ।

    ४३ दिनको सरकारी बन्द र राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातमा भारी कर लगाउने नीतिका कारण रोजगार बजार कमजोर बनेको बताइएको छ। यातायात, भण्डारण र सरकारी निकायमा रोजगारी घटेको छ भने स्वास्थ्य क्षेत्रमा मात्र सामान्य वृद्धि देखिएको छ।

    ‘बिहीबारको रिपोर्ट महिनौँ ढिलो भए पनि यसले हामीलाई अर्थतन्त्रमा हालसालै के भइरहेको छ भन्ने बारेमा जानकारी दिएको छ,’ एलियान्ज ट्रेड उत्तर अमेरिकाका डान नर्थले बताए।

    उनले सरकारी बन्दले धेरै तथ्यांक संकलनमा असर परेकाले बेरोजगारीमा देखिएको सामान्य वृद्धिले पनि बजारमा सकारात्मक सन्देश गएको बताए। अक्टोबरको पूर्ण रोजगार रिपोर्ट अब डिसेम्बर १६ मा मात्र सार्वजनिक हुने श्रम मन्त्रालयले जनाएको छ। एजेन्सी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend