काठमाडौं । फेसन डिजाइनर फाल्गुनी र शेन पिककको बहुप्रतिक्षित शोमा अभिनेत्री तमन्ना भाटिया शोस्टपरका रूपमा देखिइन्। उनका र्याम्प वाकका दृश्यहरू सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेका छन्। यस वर्षको प्रस्तुतिमा सौन्दर्य र कृत्रिम बुद्धिमत्ताको आकर्षक मिश्रण देखाइएको थियो, जसले दर्शक र फ्यान दुवैलाई मोहित पार्यो।
र्याम्पमा तमन्नाले लगाएको विशेष पहिरनको काँधमा रहेको स्लिट डिजाइनले उनलाई अनौठो तथा दमदार लुक दिएको थियो। न्यून मेकअपसहित उनले प्रस्तुत गरेको प्राकृतिक ग्ल्यामरस शैलीलाई फ्यानहरूले निकै सराहना गरे।
त्यस्तै, अभिनेता शाहिद कपूर पनि फाल्गुनी र शेन पिककका लागि र्याम्पमा उत्रिए। कालो र नीलो संयोजनको सुटमा देखिएका शाहिदको लुकलाई सामाजिक सञ्जाल प्रयोगकर्ता र उनका फ्यानहरूले प्रशंसा बटुलेका छन्।
