२०८३ भाद्र २८ गते आइतवार

images

सुनको मूल्य प्रतितोला चार हजार नौ सय रुपियाँले बढ्यो, दुई लाख ४६ हजार चार सय रुपियाँमा कारोबार

सुनको मूल्य प्रतितोला चार हजार नौ सय रुपियाँले बढ्यो, दुई लाख ४६ हजार चार सय रुपियाँमा कारोबार

सहर्ष न्युज
मंगलवार, कार्तिक २६ २०८२
सहर्ष न्युज
मंगलवार, कार्तिक २६ २०८२
  • काठमाडौँ । नेपाली बजारमा मङ्गलबार एकैदिन सुनको मूल्यमा करिब चार हजार नौ सय रुपियाँले बढेको छ ।

    अघिल्लो दिनको तुलनामा आज प्रतितोला चार हजार नौ सय रुपियाँले सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि सुन प्रतितोला दुई लाख ४६ हजार चार सय रुपियाँ तोकेको छ ।

    अघिल्लो दिन दुई लाख ४१ हजार पाँच सय रुपियाँ थियो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १०५ रुपियाँ बढेको छ । अघिल्लो दिन तीन हजार ६५ रुपियाँ रहेको चाँदी आज तीन हजार १७० रुपियाँ कायम भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा फेरि सुनचाँदीको मूल्य उच्च दरमा बढेसँगै नेपाली बजारमा प्रभाव परेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend