२०८३ भाद्र २७ गते शनिवार

images

हर्क साम्पाङको श्रम संस्कृति पार्टीको अधिकांश पदाधिकारी जनजाती

हर्क साम्पाङको श्रम संस्कृति पार्टीको अधिकांश पदाधिकारी जनजाती

सहर्ष न्युज
आइतवार, कार्तिक १७ २०८२
सहर्ष न्युज
आइतवार, कार्तिक १७ २०८२
  • काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको अधिकांश पदाधिकारी जनजाती मात्रै रहेका छन । उक्त पार्टीले आजै आधिकारिकता पाउँदैछ ।

    यो पार्टीको अध्यक्षमा हर्क साम्पाङ रहेका छन् । पाँच जना पदाधिकारी र २८ जना केन्द्रीय सदस्य रहेका छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् । प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।

    निर्वाचन आयोगमा आधिकारिकता प्राप्तको प्रमाणपत्र लिन दिउँसो २ बजे जाने तय भएको पाठीै स्रोतले जानकारी दिएको छ ।

    साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ ।

    गत असोज १२ गते आइतबार साम्पाङ आफैं निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए । आज साम्पाङ आफैँ दल दर्ताको प्रमाणपत्र लिन उपस्थित हुने कार्यक्रम रहेको बुझिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend