काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पुनः विवादमा तानिएका छन्। उनले मध्यरातमा आफ्नो सामाजिक सञ्जालमा अमेरिका, भारत, चीनलगायतका देश र नेपालका प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै आपत्तिजनक अभिव्यक्ति लेखेपछि आलोचना सुरु भएको छ।
शाहले लेखेको उक्त स्टाटस केहीबेरमै हटाए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनले फेसबुकमा अमेरिका, भारत, चीनसँगै नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादी केन्द्रप्रति कठोर तथा अशिष्ट शब्द प्रयोग गरेको देखिन्छ।
स्टाटस हटाइएपछि पनि धेरै प्रयोगकर्ताले त्यसको स्क्रिनसट शेयर गर्दै उनको अभिव्यक्तिको आलोचना गरिरहेका छन्। बालेन शाह यसअघि पनि आफ्ना सामाजिक सञ्जालका अभिव्यक्तिका कारण पटक–पटक विवादमा तानिँदै आएका छन्।
शाहले यस विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।

