२०८३ श्रावण ११ गते सोमवार

images

जेनजी आन्दोलनमा १ लाख २० हजार ६६१ मिटर नेपाल प्रहरीको पोशाक हरायो

जेनजी आन्दोलनमा १ लाख २० हजार ६६१ मिटर नेपाल प्रहरीको पोशाक हरायो

सहर्ष न्युज
बिहिवार, कार्तिक १४ २०८२
सहर्ष न्युज
बिहिवार, कार्तिक १४ २०८२
  • काठमाडौं । जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीको ठूलो मात्रामा पोशाक हराएको खुलेको छ।

    आन्दोलन सुरु भएको करिब डेढ महिनापछि डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा प्रहरी पोशाकतर्फ ठूलो क्षति भएको उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार करिब १ लाख २० हजार ६६१ मिटर बराबरको प्रहरी पोशाक लुटपाट वा आगलागीका कारण नष्ट भएको छ।

    समितिले उपलब्ध गराएको विवरणमा ट्राफिक पोशाक, सामान्य बर्दीदेखि गर्भवती महिला प्रहरीका लागि तयार गरिएका पोशाकहरू समेत समावेश छन्। तर तीमध्ये कति पोशाक लुटिएका र कति जलेका हुन् भन्ने विषयमा स्पष्ट विवरण प्रतिवेदनमा उल्लेख गरिएको छैन।

    गायब भएका पोशाकहरूको वित्तीय मूल्य भने प्रतिवेदनमा उल्लेख नगरिएको समितिका एक सदस्यले बताएका छन्।

    प्रहरी स्रोतका अनुसार आन्दोलनका बेला विभिन्न कार्यालय र भण्डारगृहमा तोडफोड र आगजनी हुँदा ठूलो मात्रामा पोशाक तथा अन्य सामग्री क्षतिग्रस्त भएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend