२०८३ भाद्र २७ गते शनिवार

images

मादक पदार्थ सेवन गरेका बुवाले गोली हानी छोराको हत्या

मादक पदार्थ सेवन गरेका बुवाले गोली हानी छोराको हत्या

सहर्ष न्युज
सोमवार, कार्तिक ११ २०८२
सहर्ष न्युज
सोमवार, कार्तिक ११ २०८२
  • पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बामा बुवाले गोली प्रहार गरी छोराको हत्या गरेका छन्।

    मिक्लाजुङ–८ दुर्दिम्बाको भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका हुन् ।

    मादक पदार्थ सेवन गरेका बखतसिंहले आइतबार दिउँसो ३:२० बजे घर पछाडिको बारीमा करिब १०० मिटर टाढाबाट छोरामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ। दाहिने कुम, कञ्चट र छातीमा गोली लागेका सफलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए।

    प्रहरीले बखतसिंहलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। मृतक सफलको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend