काठमाडौं । नेपाल प्रहरीको जनपद तर्फ प्रहरी नायव महानिरीक्षकमा पाँचजना प्रहरी वरिष्ठ उपरीक्षकहरुको बढुवा सिफारिस भएको छ । गृह मन्त्रालयका अनुसार वरिष्ठ प्रहरी उपरीक्षक भुपेन्द्रबहादुर खत्रीसहित ५ जना बढुवा सिफारिस भएका हुन् ।
बढुवा समितिको ९ गते बसको बैठकले खत्रीसहित सानुराम भट्टराई, आमे प्रसाद अधिकारी, शेखर खनाल र अबि नारायण काफ्लेको बढुवा सिफारिस गरेको हो ।
