२०८३ भाद्र २७ गते शनिवार

images

सुन तोलामा ११ हजार ६०० रुपैयाँले सस्तियो, २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार

सुन तोलामा ११ हजार ६०० रुपैयाँले सस्तियो, २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार

सहर्ष न्युज
आइतवार, कार्तिक १० २०८२
सहर्ष न्युज
आइतवार, कार्तिक १० २०८२
  • काठमाडौं । साताको पहिलो दिन आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन गत सोमबारको तुलनामा तोलामा ११ हजार ६०० रुपैयाँले सस्तो हो। गत सोमबार तिहार बिदाअघि सुनको मूल्य तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँ रहेको थियो।

    त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी तोलामा ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन गत सोमबारको ३ हजार २८० रुपैयाँको तुलनामा तोलामा २६५ रुपैयाँले घटेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend