२०८३ भाद्र २७ गते शनिवार

images

डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिर्ने १८ उद्योगको लाइन काटियो

डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिर्ने १८ उद्योगको लाइन काटियो

सहर्ष न्युज
शनिवार, कार्तिक ९ २०८२
सहर्ष न्युज
शनिवार, कार्तिक ९ २०८२
  • काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’मार्फत बिजुली प्रयोग गरी महसुल नतिर्ने थप १८ उद्योगको विद्युत् आपूर्ति बन्द गरेको छ।

    यसअघि छ उद्योगको लाइन काटिएकोमा शुक्रबार रातिदेखि पञ्चकन्या स्टिल, गोयन्का फुड्स, कसमस सिमेन्ट, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, एभरेष्ट रोलिङ उद्योग, हिमाल आइरन, सिद्धार्थ पेट प्लान्टलगायत १८ उद्योगको बिजुली काटिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए।

    उनका अनुसार हालसम्म आठ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेको छ। केही उद्योगले किस्तामा भुक्तानी सुरु गरेका छन् भने छ उद्योगले अदालतबाट अन्तरिम आदेश लिएका छन्।

    डेडिकेटेड र ट्रंकलाइन महसुल असुलीको विवाद २०७५ सालदेखि जारी छ। प्राधिकरणले असोज १२ गते २१ दिनभित्र बक्यौता बुझाउन सूचना जारी गरेको थियो।

    तोकिएको समयभित्र रकम नतिरेपछि विद्युत् महसुल संकलन नियमावली, २०७८ अनुसार आपूर्ति काटिएको प्राधिकरणले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend