२०८३ भाद्र २७ गते शनिवार

images

तिहारको पूर्वसन्ध्यामा सडक बत्ती जडान, स्थानीयका साथै सडक प्रयोगकर्ता लाभान्वित

तिहारको पूर्वसन्ध्यामा सडक बत्ती जडान, स्थानीयका साथै सडक प्रयोगकर्ता लाभान्वित

सहर्ष न्युज
शनिवार, कार्तिक २ २०८२
सहर्ष न्युज
शनिवार, कार्तिक २ २०८२
  • गाईघाट । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको वडा नं. १० मा सडक बत्ती जडान गर्ने काम सम्पन्न भएको छ ।

    नेपालीहरुको महान पर्व दशैं तहिार र छठलाई लक्षित गरी ‘उज्यालो वडा’ कार्यक्रम अन्तर्गत उक्त सडक बत्ती जडान गरिएको वडा नं. १० का अध्यक्ष धर्मराज खड्काले जानकारी दिए ।

    स्थानीय २४ वटा टोल विकास संस्थाका अध्यक्षहरुको समन्वयमा वडाको लगानीमा उक्त सडक बत्ती जडान गरिएको हो ।

    टोलभरका सडकमा ४२० बत्ति जडान गरिएको र उक्त बत्ती जडान गर्न दुईलाख रुपैयाँ खर्च भएको पनि वडाध्यक्ष खड्काले जानकारी दिए ।

    उक्त सडक बत्ती जडान गर्ने कार्यको संयोजन वडाको ओम शान्ति टोल विकास संस्थाका अध्यक्ष रुद्रबहादुर राउतलाई दिइएको थियो ।

    पर्वहरु लक्षित सडक वत्ती जडान गर्ने कार्यले स्थानीयहरुका साथै सडक प्रयोगकर्ताहरु लाभान्वित भएको संयोजक राउतले बताए ।

    वत्ती जडान गरेपछि स्थानीयहरु खुशी भएको बत्ति जडान गर्ने कार्यमा संलग्न टंक श्रेष्ठले बताए ।

    वडा नं १० चौदण्डीगढी नगरपालिकाको ठूलो वडा मध्येमा पर्दछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend