२०८३ भाद्र २८ गते आइतवार

images

सुन प्रतितोला ७ हजार १ सय रुपैयाँ बढ्यो, २ लाख ५८ हजार पुग्यो

सुन प्रतितोला ७ हजार १ सय रुपैयाँ बढ्यो, २ लाख ५८ हजार पुग्यो

सहर्ष न्युज
शुक्रवार, कार्तिक १ २०८२
सहर्ष न्युज
शुक्रवार, कार्तिक १ २०८२
  • काठमाडौं । आज एकैदिन सुनको मूल्य तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ। यो सँगै आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    हिजो २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि बढेको हो।

    त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले चाँदी बढेको हो। अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ३५० रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend