२०८३ भाद्र २७ गते शनिवार

images
  • प्रमुख समाचार
  • भेपमार्फत सुन तस्करी प्रकरण: पूर्वसभामुख कृष्णबहादुर...

भेपमार्फत सुन तस्करी प्रकरण: पूर्वसभामुख कृष्णबहादुर महरा थुनामा

भेपमार्फत सुन तस्करी प्रकरण: पूर्वसभामुख कृष्णबहादुर महरा थुनामा

सहर्ष न्युज
बुधवार, आश्विन २९ २०८२
सहर्ष न्युज
बुधवार, आश्विन २९ २०८२
  • काठमाडौं : काठमाडौं जिल्ला अदालतले भेप (विद्युतीय चुरोट) प्रयोग गरी गरिएको सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

    बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रारम्भिक प्रमाणका आधारमा महरा निर्दोष ठहरिन सक्ने अवस्था नरहेको भन्दै उनलाई केन्द्रीय कारागार पठाउन आदेश दिएको हो।

    मंगलबार र बुधबार चलेको बयान तथा थुनछेक बहसपछि अदालतले महरालाई थुनामा राखेर अनुसन्धान अगाडि बढाउनुपर्ने निर्णय गरेको हो।

    अदालतको आदेशमा महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुखलाई फोन गरेको प्रमाण, उनको बयान, छोरा राहुल महराको बयान तथा अन्य संकलित प्रमाणका आधारमा उनीमाथि थप अनुसन्धान आवश्यक देखिएको उल्लेख गरिएको छ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले आइतबार उनलाई पक्राउ गरी मुद्दा दर्ता गरेको थियो।

    उनविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजाय माग गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend