काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
भन्सार ऐन, २०६४ तथा संगठित अपराधमा संलग्न भएको अभियोगमा रोल्पाका कृष्ण बहादुर महरा पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
सीआईबीका अनुसार मिति २०७९ मंसिर १० गते फ्लाई दुबईको उडान (FZ0587) मार्फत नेपाल आएका चिनियाँ नागरिक ली हानसङ (राहदानी नं. EJ 6350030) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत दुई वटा सुटकेसमा ७३ बट्टामा राखिएका ७३० थान ई-सिगरेट (Vapes) ल्याउने क्रममा तिनीहरू जफत गरिएको थियो। ती भन्सार कार्यालयको स्टोरमा राखिएको अवस्थामा त्यसैबाट सुन मिश्रित ई-सिगरेटहरू गायब भएको पाइएको हो।
सीआईबीका अनुसन्धान अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कासमेतको मिलोमतोमा ती वस्तुहरू स्टोरबाट निकालेर बेचबिखन गरिएको थियो। समातिएका कृष्ण बहादुर महरा पूर्वसभामुख रबिचन महराका छोरा हुन्।
गोप्य अनुसन्धानपछि महरा संगठित रूपमा आपराधिक समूह बनाएर करिब रु. ८ करोड ५५ लाख बराबरको सुनसहितको ई-सिगरेट बिक्री गरेको प्रमाण फेला परेको प्रहरीको दाबी छ। उनलाई आज पक्राउ गरी अनुसन्धान थालिएको हो।
नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक तथा सीआईबीका सूचना अधिकारी शिव कुमार श्रेष्ठका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ।
उक्त प्रकरणमा उनलाई अख्तियारले पनि बयान लिएको थियो ।
https://www.eaarthik.com/2025/10/134983/

