२०८३ भाद्र २७ गते शनिवार

images

टिओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावा पक्राउ

टिओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावा पक्राउ

सहर्ष न्युज
आइतवार, आश्विन २६ २०८२
सहर्ष न्युज
आइतवार, आश्विन २६ २०८२
  • काठमाडौं : टिओबी लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको तस्बिर सार्वजनिक भएपछि तेन्जिङ दावा पक्राउ परेका छन्। उनी हाल काठमाडौंमा जारी जेनजी आन्दोलनमा सक्रिय रहेका थिए।

    काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले उनको पक्राउ पुष्टि गरेका छन्।

    "समातेका मात्रै छौँ, थप अनुसन्धानबाट अन्य कुरा खुल्छ," उनले भने।

    दावाले लगाएको टिओबी ब्राण्डको टिसर्ट र पेस्तोलसहितको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। हाल उनी प्रहरीको हिरासतमा छन् र थप अनुसन्धान जारी रहेको जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend