२०८३ भाद्र २७ गते शनिवार

images

नारायणथान मन्दिरमा नयाँ व्यवस्थापन समिति गठन, इन्द्रबहादुर थापा अध्यक्ष चयन

नारायणथान मन्दिरमा नयाँ व्यवस्थापन समिति गठन, इन्द्रबहादुर थापा अध्यक्ष चयन

सहर्ष न्युज
आइतवार, आश्विन २६ २०८२
सहर्ष न्युज
आइतवार, आश्विन २६ २०८२
  • काठमाडौं : बुढानीलकण्ठस्थित गुठी संस्थानअन्तर्गतको ऐतिहासिक नारायणथान मन्दिरमा नयाँ व्यवस्थापन समिति गठन गरिएको छ।

    १००८ मठाधीश निगमानन्द महाराजको संरक्षकत्वमा गठन गरिएको समितिको अध्यक्षमा इन्द्रबहादुर थापा चयन भएका छन्। सचिवको जिम्मेवारी स्थानीय जुझारु युवा नमराज भण्डारीले पाएका छन्।

    नवगठित पाँच सदस्यीय समितिमा ताराकुमारी देउवा कोषाध्यक्ष रहेकी छन् भने सदस्यहरूमा कृष्णबहादुर तामाङ र केशर ठकुरी चयन भएका छन्।

    पाँच वर्षे कार्यकाल, सुधारका प्रतिबद्धता

    नवगठित समितिको कार्यकाल पाँच वर्षको रहनेछ। नवनियुक्त सचिव नमराज भण्डारीले मन्दिर व्यवस्थापनमा विगतका राम्रा अभ्यासलाई निरन्तरता दिँदै देखिएका कमजोरी सच्याएर भक्तजनलाई थप सेवा–सुविधा दिन समिति प्रतिबद्ध रहेको बताए।

    उनका अनुसार मन्दिर परिसरमा सरसफाइ, दर्शन व्यवस्थापन, सुरक्षालगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाइनेछ।

    स्थानीय भक्तजन र गुठी संस्थानका प्रतिनिधिहरूको उपस्थितिमा नयाँ समितिको घोषणा गरिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend