२०८३ भाद्र २८ गते आइतवार

images

प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ राजिनामा दिने मनस्थितिमा !

प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ राजिनामा दिने मनस्थितिमा !

सहर्ष न्युज
शुक्रवार, आश्विन २४ २०८२
सहर्ष न्युज
शुक्रवार, आश्विन २४ २०८२
  • काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक चन्द्र कुबेर खापुङले राजिनामा दिने मनस्थितिमा रहेका छन् । अनिवार्य अवकास हुने समय नसकिदै उनले महानिरीक्षक पदबाट राजिनामा दिने मनस्थितिमा रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
    तत्कालिन मन्त्रिपरिषद्को बैठकले भदौ १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षकमा नियुक्त गरेको थियो ।

    नियुक्ती पाएको हप्ता दिन पनि नवित्दै उनी लगायत प्रहरी संगठनले भदौ २३ र २४ गतेको विशाल जेनजी आन्दोलनको सामाना गर्नु परेको थियो ।

    उक्त आन्दोलनमा नेपाल प्रहरीका तीनजना सहित ७६ जनाले ज्यान गुमाएका थिए । ठूलो मानवीय र भौतिक क्षति भएको आन्दोलनमा प्रहरीका सयौं हतियार लुटिएका छन् । त्यसैगरी देशभरका धेरै प्रहरी कार्यालयमा ठूलो क्षति पुगेको छ । हालसम्मकै ठूलो आन्दोलनले मर्माहात मुलकमा प्रहरीको आत्मवल अझै उठ्न सकेको छैन् ।

    प्रहरीसहित ज्यान गुमाउने सर्वसाधारणको संख्या ठूलो भएपनि जेनजीहरुले महानिरीक्षक खापुङलाई दोषी करार गरेनन् । उनको नरम र मिजासिलो स्वाभावका कारण पनि उनी माथि प्रश्न नउठाएको हुनसक्ने सुरक्षाविद्को भनाई छ ।

    नत्र आन्दोलनमा मानवीय क्षतिको जिम्मेवारीको हिस्सेदारमा नेपाल प्रहरी पनि पथ्र्यो । तथापी खापुङ विरुद्ध जेनजीहरुले कुनै प्रश्न चिन्ह खडा गरेनन् । तर, जेनजीहरुले तत्कालिन सरकार प्रमुख (प्रधानमन्त्री), गृहमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई कडा कारवाही गर्नुपर्ने माग गर्दै आएका छन् ।

    खापुङले नेपाल प्रहरीमा ३० बर्षे सेवा गरिसकेका छन् । सेवा अवधिभर कुनै पनि ‘दाग’ नलागेका उनी महानिरीक्षकका सबै प्रतिस्पर्धी भन्दा अब्बल मानिन्थे् । बढुवा सिफारिस समितिले पनि उनलाई सूचिको पहिलो नम्बरमा राखेको थियो ।
    छोटो अवधिका लागि नियुक्ती पाएका उनले आउने कात्तिक २७ गते अनिवार्य अवकास हुनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend