काठमाडौं । यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन्।
क्राज्नाहोर्काइलाई "प्रभावशाली र दूरदर्शी रचनाहरू जसले प्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्छन् तिनका लागि" पुरस्कृत गर्ने निर्णय गरिएको पुरस्कार समितिले जनाएको छ।
उनको जन्म सन् १९५४ मा दक्षिणपूर्वी हङ्गेरीको एउटा सानो सहरमा भएको थियो। उक्त स्थान रुमेनियाको सीमानजिकै पर्छ। नोबेल पुरस्कार पाउने उनी हङ्गेरीका दोस्रा साहित्यकार हुन्। सन् २००२ मा इम्रे केर्टेस पनि उक्त पुरस्कारबाट सम्मानित भएका थिए।
