२०८३ भाद्र २८ गते आइतवार

images

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड कायम गर्दै २ लाख ३८ हजार रूपैयाँमा कारोबार

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड कायम गर्दै २ लाख ३८ हजार रूपैयाँमा कारोबार

सहर्ष न्युज
बुधवार, आश्विन २२ २०८२
सहर्ष न्युज
बुधवार, आश्विन २२ २०८२
  • काठमाडौं ।  अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको दर निरन्तर उकालो लागेको छ। बुधबार सुनको मूल्य तोलामा २ हजार ६ सय रूपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम गर्दै २ लाख ३८ हजार रूपैयाँमा पुगेको छ।

    यसअघि सोमबार सुन प्रतितोला २५ सय रूपैयाँले बढेको थियो भने मंगलबार पनि २३ सय रूपैयाँको वृद्धि देखिएको थियो। दुई दिनको तीव्र उकालोपछि बुधबार पनि सुनको मूल्य उचाइ कायम राख्न सफल भएको हो।

    लगातार बढिरहेको सुनको तुलनामा चाँदीको मूल्य भने बुधबार केही घटेको छ। बुधबारको कारोबार मूल्यअनुसार चाँदी तोलामा ५ रूपैयाँ घटेर २ हजार ९ सय ५५ रूपैयाँमा झरेको छ। अघिल्ला दुई दिन, सोमबार र मंगलबार, चाँदीको मूल्य स्थिर रहँदै २ हजार ९ सय ६० रूपैयाँमा कारोबार भएको थियो।

    बजार विश्लेषकहरूका अनुसार विश्व बजारमा देखिएको आर्थिक अन्योल, भू-राजनीतिक तनाव, तथा लगानीकर्ताहरूको सुरक्षित सम्पत्तिप्रतिको आकर्षणले सुनको मूल्यमा लगातार चाप सिर्जना भएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend