२०८३ भाद्र २८ गते आइतवार

images

सुनको मूल्य निरन्तर अकासिँदो, प्रतितोला रु २,३५,४०० मा कारोबार हुँदै

सुनको मूल्य निरन्तर अकासिँदो, प्रतितोला रु २,३५,४०० मा कारोबार हुँदै

सहर्ष न्युज
मंगलवार, आश्विन २१ २०८२
सहर्ष न्युज
मंगलवार, आश्विन २१ २०८२
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि एकपटक नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (मंगलबार) छापावाल सुनको मूल्य प्रतितोला रु २,३५,४०० पुगेको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो ।

    यसअघि सोमबार सुनको मूल्य प्रतितोला रु २,३३,१०० रहेको थियो। आजको मूल्यमा रु २,३०० को वृद्धि भएको हो ।

    चाँदीको मूल्य भने स्थिर देखिएको छ। सोमबारजस्तै आज पनि चाँदी प्रतितोला रु २,९६० मा कारोबार भइरहेको छ ।

    सुनचाँदीको मूल्यमा भइरहेको निरन्तर वृद्धि अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव, डलरको भाउ, तथा भूराजनीतिक घटनाक्रमसँग सम्बन्धित रहेको व्यवसायीहरूको भनाइ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend