२०८३ श्रावण १० गते आइतवार

images

शेयर बजार असोज २१ गते मंगलबारदेखि सञ्चालनमा आउने

शेयर बजार असोज २१ गते मंगलबारदेखि सञ्चालनमा आउने

सहर्ष न्युज
सोमवार, आश्विन २० २०८२
सहर्ष न्युज
सोमवार, आश्विन २० २०८२
  • काठमाडौं ।  लगातारको भारी वर्षाका कारण असोज १९ र २० गते सार्वजनिक बिदा दिइएपछि बन्द रहेको शेयर बजार अब असोज २१ गते मंगलबारदेखि सञ्चालनमा आउने भएको छ।

    नेप्सेले एक सूचना जारी गर्दै शेयर कारोबार मंगलबारबाट पुनः सुरु हुने जानकारी दिएको हो।

    सरकारले मौसममा सुधार आएसँगै सोमबारदेखि कार्यालयहरू खोल्ने निर्णय गरे पनि शेयर बजार भने भोलिदेखि मात्र खुल्ने भएको हो।

    दशैंपछि सुरु हुने अपेक्षा गरिएको कारोबार मौसमजन्य कारणले रोकिएपछि लगानीकर्तामा केही अनिश्चितता देखिए पनि विशेषज्ञहरूका अनुसार यसको दीर्घकालीन असर नपर्ने अनुमान छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend