२०८३ श्रावण ११ गते सोमवार

images

सुनको मूल्यमा नयाँ किर्तीमान, प्रतितोला २५ सयले मूल्य बढेर २ लाख ३३ हजार १०० रुपैयाँ पुग्यो

सुनको मूल्यमा नयाँ किर्तीमान, प्रतितोला २५ सयले मूल्य बढेर २ लाख ३३ हजार १०० रुपैयाँ पुग्यो

सहर्ष न्युज
सोमवार, आश्विन २० २०८२
सहर्ष न्युज
सोमवार, आश्विन २० २०८२
  • काठमाडौं । आज (सोमबार) पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। आज २५ सय रुपैयाँले सुनको मूल्य बढेसँगै नयाँ कीर्तिमान कायम भएको हो।

    आइतबार तोलामा २ लाख ३० हजार ६ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

    यस्तै चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा २ हजार ९ सय ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर प्रतितोला २ हजार ९ सय ६० रुपैयाँ पुगेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend