पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७, जगतपुरबाट ठूलो मात्रामा विस्फोटक पदार्थ (पटाका) बरामद गरिएको छ। प्रहरीले विशेष निगरानीका क्रममा करिब एक लाख १८ हजार रुपैयाँ बराबरको विस्फोटक सामग्री बरामद गरेको हो।
प्रहरी चौकी बसहियाबाट प्रहरी नायब निरीक्षक सञ्जय यादवको नेतृत्वमा खटिएको टोलीले उक्त सामग्री नियन्त्रणमा लिएको हो। प्रहरीले विस्फोटक पदार्थसहित एक थान मोटरसाइकल पनि बरामद गरेको छ।
बरामद गरिएका सम्पूर्ण विस्फोटक सामग्रीलाई सुरक्षित रूपमा नष्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तिहार नजिकिँदै गर्दा अवैध रूपमा पटाका भित्र्याउने र बिक्रीवितरण गर्ने प्रयास बढ्ने भएकाले निगरानी कडा पारिएको छ।
