२०८३ भाद्र २७ गते शनिवार

images

काम गर्न नसक्दा विद्युत विकास विभागका महानिर्देशक जिवछ मण्डललाई १ महिना १८ दिनमै हटाइयो

काम गर्न नसक्दा विद्युत विकास विभागका महानिर्देशक जिवछ मण्डललाई १ महिना १८ दिनमै हटाइयो

सहर्ष न्युज
शनिवार, आश्विन ११ २०८२
सहर्ष न्युज
शनिवार, आश्विन ११ २०८२
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘शून्य’ अंक दिने जीवछ मण्डल विद्युत विकास विभागबाट हटाइएका छन् । मण्डललाई हटाएर मनदेवी श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

    मन्त्री घिसिङलाई व्यापक चाकडी गर्दा गर्दै पनि हटाइएका मण्डलको बैठक कोठामा मात्र करिब १५० वटा फाइल अड्कायर राखेको स्रोतको दाबी छ । यसअघि फाइल अड्काएको गुनासो सहित मन्त्री कुलमानलाई जानकारी दिइएको थियो । सो कुरा थाहा पाएपछि कुलमानले व्रिफिङमा भनेका थिए, ‘विद्युतत विकासका महानिर्देशकज्यु तपाईं सच्चिनु भएन भने तपाईं पनि जिरो अवस्थामा आउनुहुन्छ ।’ 

    मण्डललाई विना प्रक्रिया कुलमानले हटाई छाडे । 

    राजनीतिक दलका विगतका मन्त्रीहरु सरह नै आफ्ना आफन्तलाई महानिर्देशक बनाउने परम्परा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले कुलमान घिसिङले पनि निरन्तरता दिएका छन् । मन्त्री घिसिङले केही दिनअघि मात्रै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्यलाई हटाएर मनोज सिलवाललाई ल्याएका थिए ।  

    मन्त्रीस्तरीय निर्णयमार्फत विद्युत विकास विभागबाट हालका महानिर्देशक जीवछ मण्डललाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको हो ।

    एकपछि अर्को गर्दै मन्त्री घिसिङले मन्त्रीस्तरीय निर्णयबाट धमाधम सरुवा गर्न थालेका छन् । 

    विभागमै उपमहानिर्देशक पदमा कार्यरत मनदेवी श्रेष्ठलाई सरुवा गर्नुअघि विद्युत प्राधिकरणको नेतृत्व फेरेका थिए । उनले पनि अन्य दलको मन्त्रीसरह योग्यता क्षमता नहेरी धमाधम सरुवाको निर्णय गर्न थालेपछि ‘अरु र कुलमान’मा केही फरक नभएको आरोप लाग्न थालिसकेको छ ।  

    यद्यपी मनदेवी विभागकै वरिष्ठ इन्जिनियर भएको वरिष्ठता र महिला सहभागिता प्रोत्साहनको आधारमा विभागको जिम्मेवारी दिइएको बताइएको छ । 

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मन्त्री कुलमानको सरुवा नियुक्तीको विषयमा प्रश्न उठाएका छन् । उनले कुलमानले प्रतिसोधको भावनाले नियुक्त र सरुवा गरिरहेको बताएका हुन् ।  

    जलविद्युत इन्जिनियरको हैसियतमा नेतृत्वमा पुग्ने मनदेवी पहिलो महिला

    इन्जिनियरिङ पृष्ठभूमिबाट आउने मनदेवी जलविद्युत परियोजना व्यवस्थापनमा दशकौंको अनुभव बोकेकी छन्। उनी विभागको इतिहासमै महानिर्देशक बन्ने प्रथम महिला हुन्, जुन कदमलाई ऊर्जा क्षेत्रमै महिला सशक्तीकरणको ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

    शून्य अंक प्रकरणका जीवछ मण्डलको सरुवा

    नयाँ नियुक्तिसँगै, हालसम्म विभागको नेतृत्व गरिरहेका जीवछ मण्डलको जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ। मण्डलले अघिल्लो कार्यकालमा कुलमान घिसिङको कार्यसम्पादन मूल्याङ्कनमा ‘शून्य अंक’ दिएका थिए, जसका कारण घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हट्नुपरेको थियो।

    उक्त मूल्याङ्कनलाई गैरपेशागत र पूर्वाग्रही भन्दै आलोचना गरिएको थियो। धेरैले यो कदमलाई राजनीतिक प्रतिशोधको दृष्टिले हेरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend