काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएकी छन् । नयाँ सरकारको नेतत्व गरेसँगै प्रधानमन्त्री कार्कीको यो पहिलो सम्बोधन हो ।
नेतृत्व सम्हाल्दै मन्त्री मण्डल विस्तारसँगै अब सरकार कसरी अगाडी बढ्छ भन्ने चौतर्फी चासोका बीच उनको सम्बोधन आउन लागेको हो । विशेषगरी सरकार जेनजी आन्दोलनको मर्म र भावना अनुसार चल्छ की चल्दैन भन्ने बारेमा जेनजीहरुले प्रतिक्षासँगै खबरदारी गरिरहेका छन् ।
साँझ ६ बजे प्रधानमन्त्री कार्यालयबाट उनले सम्बोधन गर्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ ।
