२०८३ भाद्र २७ गते शनिवार

images

सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गर्यो, प्रतितोला २ लाख २३ हजारमा कारोबार हुँदै

सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गर्यो, प्रतितोला २ लाख २३ हजारमा कारोबार हुँदै

सहर्ष न्युज
बुधवार, आश्विन ८ २०८२
सहर्ष न्युज
बुधवार, आश्विन ८ २०८२
  • काठमाडौं ।   नेपाली बजारमा दिनदिनै सुनको मूल्यले रेकर्ड कामय राखेको छ । आज पनि बजारमा सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम राखेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा समेत देखिएको छ। लगातार उकालो लागिरहेको सुनको मूल्य बुधबार पुनः नयाँ रेकर्ड कायम गर्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रति तोला २ लाख २३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा आज मात्रै सुनको मूल्यमा १३ सय रुपैयाँको वृद्धि भएको हो।

    यसअघि मंगलबार सुन २ लाख २१ हजार ७ सय रुपैयाँ मा कारोबार भएको थियो भने आइतबार पनि प्रतितोला ११ सय रुपैयाँले मूल्य बढेको थियो। पछिल्ला तीन दिनमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ।

    यता चाँदीको मूल्यमा पनि निरन्तर वृद्धि भइरहेको छ। बुधबार चाँदी प्रति तोला २ हजार ७ सय रुपैयाँ मा कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा २० रुपैयाँले बढी हो। मंगलबार चाँदीको मूल्य २ हजार ६ सय ८० रुपैयाँ थियो।

    महँगो हुँदै गएको सुनचाँदीको मूल्यले आभूषण खरिद गर्ने उपभोक्तालाई थप दबाब परेको छ भने लगानीकर्ताको चासो बढ्दै गएको देखिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend