२०८३ श्रावण ११ गते सोमवार

images

नवनियुक्त चार मन्त्रीले सपथसँगै पदभार ग्रहण गर्दैै

नवनियुक्त चार मन्त्रीले सपथसँगै पदभार ग्रहण गर्दैै

सहर्ष न्युज
सोमवार, आश्विन ६ २०८२
सहर्ष न्युज
सोमवार, आश्विन ६ २०८२
  • काठमाडौं ।   प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । उनीहरुले आज  पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले  उनीहरूलाई शपथ गराएका हुन्।

    सरकार गठनको १० दिनपछि मन्त्रिमण्डल विस्तार गर्दै सिफारिस गरिएका नयाँ मन्त्रीहरूमा सञ्चार, शिक्षा, कानुन र कृषि मन्त्रालयका जिम्मेवारी तोकिएको छ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रूपमा सञ्चारकर्मी जगदीश खरेल नियुक्त भएका छन्। खरेल लामो समयदेखि सञ्चार क्षेत्रमा क्रियाशील रहँदै आएका थिए भने उनी हालसम्म इमेज टेलिभिजनमा समाचार प्रमुखको रूपमा कार्यरत  छन् ।

    शिक्षा मन्त्रालयको जिम्मेवारी राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई दिइएको छ। विज्ञान, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा लामो योगदान पुर्‍याएका पुन पहिलोपटक मन्त्री बनेका हुन्।

    त्यस्तै, उद्योग, कानुन र भूमि मन्त्रालयमा अधिवक्ता अनिल सिन्हा  र कृषि मन्त्रालयमा डा. मदन परियार नियुक्त भएका छन्। परियार कृषि अनुसन्धान र विकासको क्षेत्रमा विज्ञ मानिन्छन्।

    प्रधानमन्त्री कार्कीले समावेशीता र दक्षता दुवैलाई प्राथमिकता दिँदै मन्त्रीहरूको चयन गरिएको बताइएको छ।

    उक्त  पथ ग्रहण समारोहमा  सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री सुशीला कार्की लगायतका उच्च पदस्थको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend