२०८३ भाद्र २८ गते आइतवार

images

क्याप्टेन रामेश्वर थापा र एसएसपी रमेश थापालाई मातृशोक

क्याप्टेन रामेश्वर थापा र एसएसपी रमेश थापालाई मातृशोक

सहर्ष न्युज
आइतवार, आश्विन ५ २०८२
सहर्ष न्युज
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई मातृशोक परेको छ। उनकी आमा सूर्यकुमारी थापाको आइतबार बिहान काठमाडौंको नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो।

    पारिवारिक स्रोतका अनुसार स्वर्गीय सूर्यकुमारी थापा दम तथा स्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिइन्।

    वि.सं. १९९५ साल साउन महिनामा जन्मिएकी थापाको निधनले परिवार, इष्टमित्र र आफन्तजनमा शोक छाएको छ।

    स्वर्गीय सूर्यकुमारीका दुई छोरा र चार छोरी छन्। उनका जेठा छोरा क्याप्टेन रामेश्वर थापा हुन् भने कान्छा छोरा रमेश थापा नेपाल प्रहरीमा एसएसपी पदमा कार्यरत छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend