२०८३ भाद्र २७ गते शनिवार

images

रास्वपाकी पूर्व नेतृको दलहरूलाई कडा सन्देश: "सुधार बोल्ने होइन, काम गरेर देखाउनुस्"

रास्वपाकी पूर्व नेतृको दलहरूलाई कडा सन्देश: "सुधार बोल्ने होइन, काम गरेर देखाउनुस्"

सहर्ष न्युज
आइतवार, आश्विन ५ २०८२
सहर्ष न्युज
आइतवार, आश्विन ५ २०८२
  • काठमाण्डौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृले हालै सामाजिक सञ्जालमार्फत एक कडा सन्देश दिँदै राजनीतिक दलहरूलाई सुधारको स्पष्ट खाका सार्वजनिक गर्न चुनौती दिएकी छन्। जेन–जी आन्दोलनपछि बढ्दो जनदबाबको सन्दर्भमा उनले दलहरूले तत्काल कार्यान्वयन गर्न सक्ने दुई प्रमुख सुधारका सुझाव प्रस्तुत गरेकी हुन्।

    उनको भनाइमा, सुधारको कुरा केवल "सच्चिने" भन्ने अमूर्त भाषणमा सीमित हुनु हुँदैन। "फेरि भन्छु, कसरी सच्चिने? यो अमूर्त कुरा भयो! कसरी सच्चिने भन्ने खाका सुन्न पाए हुन्थ्यो!" भन्दै उनले सामाजिक सञ्जालमार्फत दलहरूलाई स्पष्ट कार्ययोजना अघि सार्न आग्रह गरेकी छन्।

    दुई प्रमुख सुधार प्रस्ताव

    १. दलीयकरण अन्त्य गर्न ठोस कदम:

    • शिक्षक र कर्मचारी संगठन खारेज गर्नुपर्ने

    • विद्यार्थी संगठनलाई नियुक्ति र ठेक्काको सौदाबाजीमा प्रयोग नगर्नु

    • शिक्षालय तोडफोड गर्ने तथा बन्द गराउनेमाथि कडा कारबाही

    • शिक्षक वा प्राध्यापकमाथि आक्रमण गर्नेहरूलाई राजनीतिक संरक्षण नदिनु

    २. दलीय नियुक्तिहरूको राजीनामा:

    • राजदूत, विश्वविद्यालयका उपकुलपति, विभिन्न बोर्ड तथा बैंक निर्देशक

    • करारमा नियुक्त कार्यकर्ता र संवैधानिक निकायमा भएका राजनीतिक नियुक्तिहरू हटाउनु पर्ने

    उनले भनिन्, “यी सजिला र तत्काल सम्भव सुधार हुन्, जसका लागि संसद् वा सरकारको अनुमति कुर्नु पर्दैन।” सुधारको वाचा केवल बोलीमा सीमित नराख्न आग्रह गर्दै उनले थपेकी छन्, “यी माग पूरा नभएसम्म कुनै वाचामा विश्वास नगर्नुस्।”

    निष्पक्षता कायम गर्न आवश्यक

    पूर्व नेतृको दाबीमा, यी कदमहरूले सार्वजनिक सेवामा निष्पक्षता कायम गर्न मद्दत गर्नेछन्। “जनताको सेवा गर्ने कर्मचारीतन्त्रको मूल आधार निष्पक्षता हो,” भन्दै उनले हालैको जेन–जी आन्दोलनले उठाएका प्रश्नहरूलाई सम्बोधन गर्दै दलहरूलाई सुधारमा गम्भीर बन्न आग्रह गरेकी छन्।

    उनको यो वक्तव्य हाल बनिरहेको नयाँ सरकार र त्यसमा रहेका पुराना दलहरूप्रति परोक्ष तर कडा आलोचना भएको विश्लेषण गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend