२०८३ भाद्र २९ गते सोमवार

images

‘प्रहरी विस्थापित गर्न खोज्ने अपराधी हुन्’ : आइजिपी खापुङ

‘प्रहरी विस्थापित गर्न खोज्ने अपराधी हुन्’ : आइजिपी खापुङ

सहर्ष न्युज
सोमवार, भाद्र ३० २०८२
सहर्ष न्युज
सोमवार, भाद्र ३० २०८२
  • काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) चन्द्र कुवेर खापुङले हालै समाजमा प्रहरीलाई पुनःस्थापित गर्ने अभियानप्रति गहिरो सम्मान र कृतज्ञता व्यक्त गरेका छन्। आइतबार एक भिडियो सन्देश जारी गर्दै उनले प्रहरी कार्यालयहरू ध्वस्त पार्ने घटनाले मुलुकलाई अकल्पनीय क्षति पुर्‍याएको बताए।

    उनले भने, “मुलुकले अकल्पनीय र अपूरणीय क्षति व्यहोरेको छ। यसले हामी सबैलाई पीडाबोध गराएको छ।” उनले घटनाले नेपाल प्रहरी अत्यधिक प्रभावित भएको उल्लेख गर्दै, “हाम्रा प्रहरी कार्यालयहरू जलेर ध्वस्त भएका छन्। सवारी साधन, पोशाकलगायत सामग्री जलेका वा हराएका छन्। यसले नियमित कार्यमा फर्कन अप्ठ्यारो भएको छ।”

    समाजको सहयोगप्रति भावुक

    प्रहरी कार्यालयहरू पुनःस्थापित गर्न समुदायबाट सुरु भएको स्वतःस्फूर्त अभियानप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै खापुङले भने, “तपाईंहरूको अपनत्वले मलाई भावुक बनाएको छ। तपाईंहरूको सत्कर्मले गौरव बोध गराएको छ।”

    उनले प्रहरीलाई विस्थापित गर्न खोज्नेहरूलाई “अपराधी” संज्ञा दिँदै भने, “समाजले प्रहरीप्रति देखाएको समर्थनले हाम्रो विश्वासलाई थप दृढ बनाएको छ—प्रहरीलाई विस्थापित गर्न खोज्ने अपराधी मात्र हुन्।”

    ‘प्रहरी हाम्रा लागि हो’ भन्ने भावना पुनः जागृत

    आइजिपी खापुङले पूर्व प्रहरी अधिकृत, स्थानीय नागरिक, टोल सुधार समिति, स्थानीय तह, उद्योगी-व्यवसायी, सञ्चारकर्मी लगायत सबै क्षेत्रबाट प्राप्त सहयोगले “प्रहरी हाम्रा लागि हो” भन्ने भावना पुनः जागृत गराएको बताए।

    राष्ट्रिय एकता र सहृदयताको आह्वान

    सन्देशको अन्त्यमा उनले संकटको घडीमा वैमनस्यता र प्रतिशोधको भावना त्यागेर राष्ट्रिय एकता, सहृदयता र भाइचारा कायम राख्न सबैलाई आह्वान गरे। “देशभर शान्ति, सुरक्षा र अमनचयन कायम गर्न हामी सबैको सक्रिय र सकारात्मक भूमिका रहने विश्वास लिएको छु,” उनले भने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend