२०८३ भाद्र २८ गते आइतवार

images
  • प्रमुख समाचार
  • पदभार लगत्तै भ्रष्टाचारविरुद्ध अर्थमन्त्री रामेश्वर खनालको...

पदभार लगत्तै भ्रष्टाचारविरुद्ध अर्थमन्त्री रामेश्वर खनालको कडा संकल्प व्यक्त, बरियातामा पहिलो

पदभार लगत्तै भ्रष्टाचारविरुद्ध अर्थमन्त्री रामेश्वर खनालको कडा संकल्प व्यक्त, बरियातामा पहिलो

सहर्ष न्युज
सोमवार, भाद्र ३० २०८२
सहर्ष न्युज
सोमवार, भाद्र ३० २०८२
  • काठमाडौं : नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्दै भ्रष्टाचारविरुद्ध कडा संकल्प व्यक्त गरेका छन्। उनले जेन-जेड आन्दोलनको म्यान्डेटअनुसार शासन प्रणालीमा सुधार ल्याउँदै भ्रष्टाचार शून्य सहनशीलता नीतिमा अघि बढ्न अर्थ मन्त्रालयका कर्मचारीहरूलाई स्पष्ट निर्देशन दिएका हुन्।

    पदभार ग्रहण समारोहमा बोल्दै पूर्वअर्थसचिव समेत रहेका मन्त्री खनालले भ्रष्टाचारविरुद्ध जीवन आहुति दिने युवाहरूको बलिदान स्मरण गर्दै भने, “युवाले भ्रष्टाचार र बेथितिविरुद्ध आहुति दिएर यो परिस्थिति सृजना भएको हो। अब हाम्रो पहिलो संकल्प भ्रष्टाचारविरुद्ध हुनुपर्छ।”

    उनले मन्त्रालयका कर्मचारीहरूलाई अब कुनै ‘गुन्जाइस नराखी’ काम गर्न निर्देशन दिँदै, सार्वजनिक स्रोत र सम्पत्तिको हरेक प्रयोगमा विशेष सावधानी अपनाउन आग्रह गरे। “करदाताको पैसा दुरुपयोग भयो कि भन्ने विषयमा विशेष चनाखो हुनुपर्छ,” उनले स्पष्ट पारे।

    गल्ती गर्नेप्रति सहानुभूति नहुने

    खनालले चेतावनी दिँदै भने, “अब जानेर गल्ती गर्ने कुरा भएन। कोही कसैले गल्ती गरे, त्यसमा माया लाग्ने कुरा पनि हुँदैन।”

    तलब, सुविधा नलिने घोषणा

    अर्थ प्रशासनमा आफ्नो लामो अनुभव भएको स्मरण गराउँदै उनले तलब, आवास, सवारीलगायत सरकारी सेवा-सुविधा नलिने घोषणा पुनः दोहोर्‍याए। “देशको अवस्था हेरेर मैले कुनै सुविधा नलिने निर्णय गरिसकेको छु,” मन्त्री खनालले भने।

    उनको यो संकल्पले अर्थ मन्त्रालयमा नयाँ कार्यशैली र उच्च नैतिकताको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend