२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • सुशीला कार्की औपचारिक रूपमा नेपालको प्रधानमन्त्री...

सुशीला कार्की औपचारिक रूपमा नेपालको प्रधानमन्त्री नियुक्त, पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचियो

सुशीला कार्की औपचारिक रूपमा नेपालको प्रधानमन्त्री नियुक्त, पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचियो

शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • काठमाडौं। नेपालको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की औपचारिक रूपमा देशको प्रधानमन्त्री नियुक्त भएकी छन्। युवा (जेन–जी) आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाएकी हुन् । यो नियुक्तिसँगै कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छन्, जसले देशको इतिहासमा नयाँ अध्याय थपेको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलले देशको पछिल्लो राजनीतिक अवस्थाका कारण संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्न लाग्नुभएको हो। सोहि निर्णयद्वारा कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको हो। यो निर्णय शीतल निवासमा भएको विभिन्न बैठक र साथमा सेनापति अशोक राज सिग्देल, सभामुख देवराज घिमिरे, जेन्जी प्रतिनिधिहरू, संवैधानिक कानुनविद्हरू र राजनीतिक दलका नेताहरूसँगको छलफलपश्चात् भएको थियो।

    कार्कीको नियुक्तिलाई "जेन–जी"हरूले विशेष रूपमा समर्थन गरेका छन्, जसले उनलाई तटस्थ र विश्वसनीय नेतृत्वको रूपमा हेरेका छन्। कार्कीले सपथग्रहणपछि आफ्नो पहिलो सम्बोधनमा देशमा शान्ति, स्थिरता र निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend