२०८३ भाद्र २७ गते शनिवार

images

नुवाकोटको कुलमटारमा १५० रोपनी जमिनमा सिँचाई सुविधा, किसानहरू खुशी

नुवाकोटको कुलमटारमा १५० रोपनी जमिनमा सिँचाई सुविधा, किसानहरू खुशी

सहर्ष न्युज
शुक्रवार, भाद्र २७ २०८२
सहर्ष न्युज
शुक्रवार, भाद्र २७ २०८२
  • नुवाकोट : विदुर नगरपालिका–३, कुमलटार क्षेत्रमा अब १५० रोपनी जमिनमा आधुनिक सिँचाई सुविधा पुगेको छ। विदुर नगरपालिकाले कृषकहरूको समस्यालाई मध्यनजर गर्दै तीन सय ५० मिटर लामो ५० एमएम पोलिथिन पाइप उपलब्ध गराएपछि बाँझो रहेको जमिनमा सिँचाईको व्यवस्था गर्न सकिएको छ।

    स्थानीय किसान र वडाध्यक्ष बद्रीप्रसाद रिमालका अनुसार, यसअघि स्थानीयले ३० वर्षभन्दा लामो समयदेखि सिँचाई पोखरी र कुलोबाट पानी ल्याएर खेती गर्दै आएका थिए। तर कुलो जीर्ण भए पछि सिँचाईमा समस्या र जोखिम देखिन थालेपछि विदुर नगरपालिकामा पाइप माग गरिएको थियो। नगरपालिकाले तत्काल उक्त माग पुरा गर्दै सिँचाईका लागि आवश्यक पाइप उपलब्ध गराएको छ।

    पाइप जडान पश्चात् सांदीखोलाबाट पानी ल्याई करिब १०० घरधुरीका किसानले सहज तरिकाले खेतबारीमा पानी पाउने भएका छन्। विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले कृषिमा आत्मनिर्भरता र उत्पादन वृद्धिमा यस सिँचाई परियोजनाले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

    यस पहलले कुमलटार क्षेत्रका किसानहरूको जीवनस्तर उकास्ने र दीर्घकालीन रूपमा कृषिको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend