२०८३ भाद्र २९ गते सोमवार

images

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी पुस्ताको प्रदर्शन हुँदै, भदौ २३ गते माइतीघरमा भेला हुने तयारी

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी पुस्ताको प्रदर्शन हुँदै, भदौ २३ गते माइतीघरमा भेला हुने तयारी

सहर्ष न्युज
आइतवार, भाद्र २२ २०८२
सहर्ष न्युज
आइतवार, भाद्र २२ २०८२
  • काठमाडौं : भ्रष्टाचार, वंशवाद, बेरोजगारी र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ बीच जन्मिएका) ले राजधानी काठमाडौंमा शान्तिपूर्ण प्रदर्शनको तयारी गरेका छन्।

    प्रदर्शन भदौ २३ गते बिहान ११ बजे माइतीघर मण्डलमा हुने जनाइएको छ। सहभागीहरूलाई विद्यालय/क्याम्पसको पोशाक, परिचय पत्र, कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागज लिएर उपस्थित हुन आह्वान गरिएको छ।

    सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा यो अभियान ट्रेन्डिङमा छ। धेरै युवाहरूले भ्रष्टाचार, सुशासनको अभाव, निष्क्रियता र वंशवादी राजनीतिको विरोधमा टिकटकमार्फत आवाज उठाइरहेका छन्।

    प्रदर्शनको मूल एजेन्डामा:

    • भ्रष्टाचारमा संलग्न नेताहरूलाई कारबाहीको माग

    • विरोध बिना सामाजिक सञ्जाल बन्दको निर्णयप्रति असन्तुष्टि

    • रोजगारीको अवसर सिर्जना

    • नागरिक अधिकारको रक्षा जस्ता विषय समेटिएका छन्।

    प्रदर्शनका संयोजकहरूका अनुसार, यो कुनै राजनीतिक दलसँग आबद्ध नभई स्वतन्त्र र जनचेतनामूलक अभियान हो। उनीहरूले राज्य संयन्त्रलाई जवाफदेही बनाउन र युवाको आवाजलाई सुन्न आग्रह गरेका छन्।

    नेपालमा हाल फेसबुक, इन्स्टाग्राम, एक्स (ट्विटर) लगायतका सामाजिक सञ्जाल बन्द गरिएको अवस्थामा टिकटक र भाइबर मात्र सञ्चालनमा छन्, जसप्रति पनि तीव्र आलोचना भइरहेको छ। नेताहरू तथा उनीहरूका परिवारको विलासी जीवनशैलीसमेत सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

    यस प्रदर्शनले युवाहरूको चेतना र नागरिक अधिकारप्रतिको जिम्मेवारी बोक्ने क्षमता उजागर गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend