२०८३ श्रावण ११ गते सोमवार

images

आर्थिक पत्रकार समाजको अध्यक्षमा भागवत भट्टराई (मत सहित)

आर्थिक पत्रकार समाजको अध्यक्षमा भागवत भट्टराई (मत सहित)

सहर्ष न्युज
आइतवार, भाद्र २२ २०८२
सहर्ष न्युज
आइतवार, भाद्र २२ २०८२
  • नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ साधारणसभाबाट भागवत भट्टराई अध्यक्षमा, कमलकुमार बस्नेत महासचिवमा र केशु लामिछाने कोषाध्यक्षमा निर्वाचित भएका छन्।

    काठमाडौँ : नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सेतोपाटी डटकमका भागवत भट्टराई निर्वाचित भएका छन्। शनिबार सम्पन्न सेजनको २७औँ साधारणसभा तथा अधिवेशनबाट भट्टराई ११० मतसहित निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी आशा थपलियाले ४१ र विश्वास रेग्मीले ९२ मत प्राप्त गरे।

    समितिको उपाध्यक्षमा कारोबार दैनिकका जीवन बस्नेत निर्विरोध निर्वाचित भएका थिए। नयाँ कार्यसमितिको महासचिवमा राष्ट्रिय समाचार समिति (रासस)का उपसम्पादक कमलकुमार बस्नेत १३९ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी अनलाइनखबर डटकमका अच्युत पुरीले १०४ मत प्राप्त गरे।

    त्यस्तै, कोषाध्यक्षमा उकालो डटकमका केशु लामिछाने १३३ मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी अन्नपूर्ण दैनिकका आशा थापाले १०८ मत प्राप्त गरिन्। समितिको सचिवमा भने हिमालयन टेलिभिजनका शंकर पण्डित निर्विरोध निर्वाचित भएका थिए।

    समिति सदस्यमा अर्जुन तामाङ (टुरिजम पार्टी) १४१, कमल धिताल (बाह्रखरी)१८५, भोजराज भण्डारी (कर्पोरेट समाचार) १४७,  राजु बास्कोटा (क्लिकमाण्डु) १५९ र सीमा तामाङ (कान्तिपुर दैनिक) २०० मतसहित निर्वाचित भए। सेजनमा आर्थिक ‘बिट’मा पत्रकारिता गर्दै आएका २६६ जना आबद्ध छन् भने अधिवेशनमा २४६ मत खसेको थियो।

    यसैबीच, निर्वाचन अधिकृत धर्मेन्द्र झाले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै आर्थिक पत्रकारिताको भूमिकालाई थप सशक्त बनाउन आग्रह गरेका छन्। उनले सेजनले पत्रकारहरूको क्षमता विकासका साथै आर्थिक मुद्दाहरू उजागर गर्न थप योगदान गर्ने विश्वास व्यक्त गरे। झाको नेतृत्वमा अधिवक्ता सन्तोष तिवारी, रामप्रसाद दाहालसहित तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend