२०८३ श्रावण १० गते आइतवार

images

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर, प्रतितोला दुई लाख १२ हजार कायम

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर, प्रतितोला दुई लाख १२ हजार कायम

सहर्ष न्युज
आइतवार, भाद्र २२ २०८२
सहर्ष न्युज
आइतवार, भाद्र २२ २०८२
  • काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

    गत शुक्रबार प्रतितोला रु. दुई लाख १० हजारमा कारोबार भएको सुनको मोल आज रु. दुई हजारले बढेर रु. दुई लाख १२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा रु. १० ले बढेको छ । आज एक तोला चाँदी रु. दुई हजार ५०० मा किनबेच भइरहेको छ । 

    गत बुधबार एक तोला सुन  रु. दुई लाख सात हजार ९०० र त्यति नै परिमाणको चाँदी रु. दुई हजार ४८० मा खरिदबिक्री भएको थियो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend