२०८३ श्रावण ११ गते सोमवार

images

हवाई टिकट खरिदमा ज्योति विकास बैंकको पाँच सय क्यासब्याक अफर

हवाई टिकट खरिदमा ज्योति विकास बैंकको पाँच सय क्यासब्याक अफर

सहर्ष न्युज
शुक्रवार, भाद्र २० २०८२
सहर्ष न्युज
शुक्रवार, भाद्र २० २०८२
  • काठमाडौँ : ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एप ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा बैंकले ५ सय क्यासब्याक प्राप्त हुने योजना सार्वजनिक गरेको छ । दशैंको अवसरमा ग्राहकलाई सहज र लाभदायक यात्राको सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले यो अफर सार्वजनिक गरेको हो ।

    यस योजनाअन्तर्गत, ग्राहकले ज्योति स्मार्ट एप प्रयोग गरी जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिद गर्दा पाँच सयसम्मको सर्वाधिक क्यासब्याक प्राप्त गर्न सक्नेछन् । ज्योति स्मार्ट ब्उउ बाट हवाई टिकट खरिद गर्दा “जेबिबिएल“ प्रोमो कोड प्रयोग गरी उक्त क्यासब्याक सुविधाको लाभ उठाउन सकिन्छ। साथै, पहिलो ४ सय जना मात्र यो अफरबाट लाभान्वित हुन सक्नेछन् ।

    अभियान अवधिभर, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी पहिलो हवाई टिकट खरिदमा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन् । यो योजना सिमित अवधिको लागि मात्र उपलब्ध रहेको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend