२०८३ भाद्र २८ गते आइतवार

images

सामाजिक सञ्जालमा मन्त्रीको तस्बिर सेयर गर्दै मेयर हर्क साम्पाङको व्यंग्यात्मक प्रश्न : “को हुन् यी व्यक्ति ?”

सामाजिक सञ्जालमा मन्त्रीको तस्बिर सेयर गर्दै मेयर हर्क साम्पाङको व्यंग्यात्मक प्रश्न : “को हुन् यी व्यक्ति ?”

सहर्ष न्युज
शुक्रवार, भाद्र २० २०८२
सहर्ष न्युज
शुक्रवार, भाद्र २० २०८२
  • धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङप्रति सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन्।

    सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको भनिएको एक दिनपछि मेयर साम्पाङले मन्त्री गुरुङको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै सोधेका छन् — “को हुन् यी व्यक्ति?”

    उनको यस स्टाटसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले व्यंग्यात्मक रूपमा व्याख्या गरेका छन्। हर्क साम्पाङ खुलेर आफ्नो धारणा सार्वजनिक गर्ने नेताका रूपमा चिनिन्छन्, र यस्ता प्रश्नहरू उनले आलोचनाको शैलीमा उठाउने गरेका छन्।

    सरकारको पछिल्लो निर्णयले सामाजिक सञ्जाल स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमाथि प्रश्न उठिरहेका बेला साम्पाङको टिप्पणीले थप बहस उत्पन्न गरेको छ।

    यसअघि सरकारले विभिन्न आपत्तिजनक सामग्री रोकथाम गर्न भन्दै केही सामाजिक सञ्जालमाथि निगरानी र नियन्त्रणको तयारी गरेको थियो। तर, यसलाई अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भन्दै आलोचना हुँदै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend