२०८३ भाद्र २७ गते शनिवार

images
  • प्रमुख समाचार
  • प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङद्वारा दर्ज्यानी चिन्ह...

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङद्वारा दर्ज्यानी चिन्ह ग्रहण

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङद्वारा दर्ज्यानी चिन्ह ग्रहण

सहर्ष न्युज
बिहिवार, भाद्र १९ २०८२
सहर्ष न्युज
बिहिवार, भाद्र १९ २०८२
  •  काठमाडौं ।  नव नियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आज गृह मन्त्रालयमा आयोजित समारोहमार्फत दर्ज्यानी चिन्ह ग्रहण गरेका छन्। गृहसचिव गोकर्णमणि दुवाडीले उनलाई चिन्ह लगाइदिएका हुन्।

    समारोहमा गृहसचिव दुवाडीले सरकारको निर्णय अनुसार क्षमता, कार्यदक्षता र ज्येष्ठताको आधारमा खापुङलाई जिम्मेवारी दिइएको जानकारी दिए। उनले अपराध नियन्त्रण, सुशासन र समाजमा न्याय स्थापनामा प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। 

    सचिव दुवाडीले समाजमा बढ्दो अपराध चुनौतीपूर्ण रहेको भन्दै प्रहरी संगठनको साख उकास्न सकल दर्जाको मनोबल उच्च बनाउनुपर्नेमा जोड दिए।

    नवनियुक्त आईजीपी खापुङले आफूले सकेसम्म राम्रो गर्ने प्रतिबद्धता जनाउँदै, “सकेको राम्रो गर्छु, नराम्रो गर्नेछैन,” भने। उनले साइबर अपराध, एआई र अन्तर्राष्ट्रिय अपराध नियन्त्रण गर्न प्रहरीको प्रविधि र क्षमता विस्तार आवश्यक रहेको बताए।

    तेह्रथुमको गाउँबाट सुरु भएको आफ्नो यात्राले प्रहरी प्रमुखसम्म पुर्‍याएको स्मरण गर्दै खापुङले संस्थागत सुधार र स्रोत-साधन सुदृढीकरणलाई प्राथमिकतामा राख्ने बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend