२०८३ भाद्र २८ गते आइतवार

images

उपत्यका प्रहरीको अनौठो उर्दी: बिहान सिट्ठी नलगाउनुस्, अनावश्यक नखोक्नु–नखकार्नु

उपत्यका प्रहरीको अनौठो उर्दी: बिहान सिट्ठी नलगाउनुस्, अनावश्यक नखोक्नु–नखकार्नु

सहर्ष न्युज
बिहिवार, भाद्र १९ २०८२
सहर्ष न्युज
बिहिवार, भाद्र १९ २०८२
  • काठमाडौं : काठमाडौं उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले अनौठो तर ध्यानाकर्षक उर्दी जारी गरेको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले 'शान्त तथा अवरोधमुक्त छिमेकी अभियान' अन्तर्गत यस्तो निर्देशन सार्वजनिक गरेको हो।

    प्रहरीले जनस्वास्थ्य, मानसिक शान्ति र सामाजिक सद्भावलाई ध्यानमा राख्दै, अनावश्यक ठूलो आवाज निकाल्ने गतिविधिहरू नगर्न सर्वसाधारणलाई अपिल गरेको छ। प्रहरीका अनुसार, ध्वनि प्रदूषणका कारण गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई नकारात्मक असर पर्ने देखिएको छ।

    पाँच शीर्षकमा ध्वनि प्रदूषण रोक्न सुझाव

    प्रहरी कार्यालयले पाँच मुख्य शीर्षक र थुप्रै उपशीर्षकमार्फत ध्वनि प्रदूषण न्यूनीकरणका उपायहरू सुझाएको छ।

    रातिको शान्ति संरक्षण:

    • फोन गर्दा हेडफोन प्रयोग गर्न वा सम्भव भए म्यासेजमै कुराकानी गर्न सुझाव

    • अबेरसम्म ठूलो स्वरमा गफगाफ नगर्न

    • भान्सामा भाँडाकुँडा ठोक्काउने जस्ता आवाज ननिकाल्न

    • ढोका ढक्ढक्याउने र बेल बजाउने कामबाट टाढा रहन

    • राति साउन्ड सिस्टममा गित–संगीत बजाएर नाचगान नगर्न

    बिहानको शान्ति कायम राखौं:

    • अनावश्यक खोक्ने र खकार्ने कार्यबाट बच्न अनुरोध

    • गेट खोल्दा धेरै आवाज ननिकाल्ने अभ्यास गर्न

    • मोटरसाइकल वा सवारीसाधन स्टार्ट गर्दा सिट्ठी जस्तो ठूलो आवाज नआउने गरी संचालन गर्न

    • बिहान सबेरै प्रेसर कुकुरमा सिट्ठी नलगाउने

    अन्य व्यवहारगत सल्लाह:

    • राति अबेर शौचालय फ्लस गर्दा सम्भव भएसम्म आवाज कम गर्ने उपाय अपनाउन

    • घरभित्र वा आसपास ध्वनि यन्त्र प्रयोग गर्दा ध्यानपूर्वक चलाउन

    जरिवानाको व्यवस्था

    प्रहरीले चेतावनी दिएको छ कि ध्वनि प्रदूषण फैलाउने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायबाट ३ लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ।

    सम्पूर्ण उपत्यकावासीमा अनुरोध:

    शान्त र सौहार्दपूर्ण परिवेश निर्माणका लागि स–साना व्यवहारिक बानीहरू परिवर्तन गरौं। ध्वनि प्रदूषण घटाउनु हाम्रो नैतिक जिम्मेवारी पनि हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend