२०८३ भाद्र २८ गते आइतवार

images

सिन्धुपाल्चोक भूकम्पको धक्का आसपासको जिल्लामा समेत महसुस

सिन्धुपाल्चोक भूकम्पको धक्का आसपासको जिल्लामा समेत महसुस

सहर्ष न्युज
बुधवार, भाद्र १८ २०८२
सहर्ष न्युज
बुधवार, भाद्र १८ २०८२
  • सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। मङ्गलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लाहरूमा समेत अनुभव गरिएको थियो।

    मङ्गलबार बिहान ६ः१५ मा पनि गोरखाको अजिरकोट–३ हंशपुरलाई  केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो भने दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend