२०८३ श्रावण ११ गते सोमवार

images

राष्ट्र बैंकद्वारा डिजिटल भुक्तानी सुरक्षित गर्न नयाँ प्रणालीगत फ्रेमवर्क 'एसआईपीएस' लागू

राष्ट्र बैंकद्वारा डिजिटल भुक्तानी सुरक्षित गर्न नयाँ प्रणालीगत फ्रेमवर्क 'एसआईपीएस' लागू

सहर्ष न्युज
मंगलवार, भाद्र १७ २०८२
सहर्ष न्युज
मंगलवार, भाद्र १७ २०८२
  • काठमाडौं ।  नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले ‘फ्रेमवर्क फर आइडेन्टिफाइङ सिस्टमेटिकली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम (SIPS)’ नामक नयाँ मापदण्ड सार्वजनिक गरेको छ।

    केन्द्रीय बैंकका अनुसार पछिल्ला वर्षहरूमा डिजिटल कारोबारमा तीव्र वृद्धि भएकोले भुक्तानी प्रणालीमा प्रणालीगत जोखिम नियन्त्रण गर्न स्पष्ट मापदण्ड आवश्यक भएको हो। चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा पनि यस्तो फ्रेमवर्क तयार गर्ने उल्लेख गरिएको थियो, जसअनुसार यो कार्यान्वयनमा ल्याइएको हो।

    नयाँ फ्रेमवर्कले उच्च मूल्यका तथा संवेदनशील भुक्तानीहरू समेट्ने प्रणालीलाई ‘प्रणालीगत रूपमा महत्त्वपूर्ण’ को रूपमा पहिचान गर्दै त्यसको नियमन, सञ्चालन, सुरक्षा र जोखिम व्यवस्थापन सुनिश्चित गर्न मार्गदर्शन गर्नेछ।

    राष्ट्र बैंकका अधिकारीहरूका अनुसार, यस्तो प्रणालीले सम्पूर्ण वित्तीय प्रणालीमा स्थायित्व कायम गर्न र प्रणालीगत अवरोधहरू रोक्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। यसले वित्तीय प्रणालीको दीगो विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend