२०८३ श्रावण १० गते आइतवार

images

ताप्लेजुङमा बाढीको प्रकोप: सिनाम पावर हाउसको स्काभेटर र टिप्पर काबेली खोलाले बगायो

ताप्लेजुङमा बाढीको प्रकोप: सिनाम पावर हाउसको स्काभेटर र टिप्पर काबेली खोलाले बगायो

सहर्ष न्युज
सोमवार, भाद्र १६ २०८२
सहर्ष न्युज
सोमवार, भाद्र १६ २०८२
  • फुङलिङ : ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–१ सिनामस्थित सिनाम पावर हाउसमा कार्यरत स्काभेटर र टिप्पर काबेली खोलाको बाढीले बगाएको छ। अविरल वर्षासँगै आइतबार राति खोलामा आएको बाढीले पावर हाउसको सामग्रीमा क्षति पुर्‍याएको हो।

    प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार बाढीले २ वटा स्काभेटर र २ वटा टिप्पर बगाएको हो। तीमध्ये २ वटा स्काभेटर पावर हाउसबाट करिब २० मिटर तल डुबेको अवस्थामा फेला परेका छन् भने टिप्परहरू अझै पनि फेला नपरेको र खोजी कार्य जारी रहेको बताइएको छ।

    सवारी साधनहरूको नम्बर भने हालसम्म खुल्न नसकेको जनाइएको छ। यद्यपि, घटनामा मानवीय क्षति भने नभएको पुष्टि भएको छ।

    स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूको टोली घटनास्थलमा पुगेर उद्धार तथा खोजी कार्यमा संलग्न रहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend