२०८३ श्रावण ११ गते सोमवार

images

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला २ लाख ५ हजार नाघ्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला २ लाख ५ हजार नाघ्यो

सहर्ष न्युज
सोमवार, भाद्र १६ २०८२
सहर्ष न्युज
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः ऐतिहासिक उचाइ कायम गरेको छ। सोमबार सुन प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

    गत शुक्रबार पहिलोपटक सुनको मूल्यले २ लाख नाघेको थियो। सो दिन प्रतितोला मूल्य २ लाख ६ सय रुपैयाँ पुगेको थियो भने आइतबार थप बृद्धीसँगै २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज सोमबार फेरि २ हजार रुपैयाँले वृद्धि भई नयाँ कीर्तिमान कायम भएको हो।

    सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आइतबार २ हजार ४२५ रुपैयाँमा रहेको चाँदी आज ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४७० रुपैयाँ पुगेको छ।

    विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको चहलपहल र माग उच्च भएको कारणले नेपाली बजारमा पनि मूल्य उकालो लागेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend