२०८३ भाद्र २८ गते आइतवार

images

शाहरुखकी श्रीमती गौरीले ‘इन्टेरियर डिजाइन’को लागि कति लिन्छिन् ?

शाहरुखकी श्रीमती गौरीले ‘इन्टेरियर डिजाइन’को लागि कति लिन्छिन् ?

सहर्ष न्युज
शनिवार, भाद्र १४ २०८२
सहर्ष न्युज
शनिवार, भाद्र १४ २०८२
  • काठमाडौं । गौरी खान, शाहरुख खानकी पत्नी एक सफल फिल्म निर्माता र इन्टेरियर डिजाइनर हुन्। उनको मुख्य पेसा इन्टेरियर डिजाइनिङ हो, जसका लागि उनले २०१३ मा भारत, महाराष्ट्रको मुम्बईमा पहिलो डिजाइन स्टोर खोलेकी थिइन्। 

    पछि उनले दिल्लीमा पनि अनुभव केन्द्र स्थापना गरिन्। उनको ग्राहकमा फिल्म स्टार, व्यापारी र स्टाइलिश घर चाहने व्यक्ति समावेश छन्।

    भारतीय सञ्चारमाध्यमका अनुसार गौरीको आधारभूत परामर्श शुल्क मात्रै ६ लाख भारतीय रुपैयाँ रहेको छ। आवासीय परियोजनाको लागत ३० लाखदेखि पाँच करोड भारतीय रुपैयाँ रहेको छ। 

    त्यस्तै, विलासी भिल्लाको डिजाइनका लागि तीन करोडदेखि १० करोडसम्म पर्छ। व्यावसायिक परियोजनाको लागत ५० लाखदेखि २० करोड रुपैयाँसम्म हुन सक्छ। उनको कस्टम फर्निचरको मूल्य प्रति टुक्रा ५ लाख भारतीय रुपैयाँसम्म पर्छ। 

    हालै अनन्या पाण्डेले युट्युबमा गौरीले डिजाइन गरेको आफ्नो घर देखाएकी थिइन्। गौरीले रेड चिलीजमार्फत फिल्म निर्माण पनि गरिरहेकी छन्। उनले भनिन्, ‘मैले मेरो शौकलाई करियर बनाएँ र कडा परिश्रमबाट प्रसिद्धि कमाएँ।’ आज उनी भारतकी चर्चित इन्टेरियर डिजाइनरमध्ये एक हुन्। एजेन्सी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend