२०८३ श्रावण ११ गते सोमवार

images

कैलाली कारागार घटनापछि एसपी राणा हटाइए, नरेन्द्र चन्द नयाँ एसपी नियुक्त

कैलाली कारागार घटनापछि एसपी राणा हटाइए, नरेन्द्र चन्द नयाँ एसपी नियुक्त

सहर्ष न्युज
बिहिवार, भाद्र १२ २०८२
सहर्ष न्युज
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं : कैलाली कारागारमा भएको झडपपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बालनरसिंह राणालाई जिम्मेवारीमुक्त गरी प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) तानिएको छ।

    प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार कैलालीको नयाँ एसपीको रूपमा नरेन्द्र चन्दलाई पठाइएको छ। चन्द यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत थिए।

    यसअघि उक्त घटनापछि कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई पनि हटाइएको थियो।

    २३ साउनमा कैलाली कारागारमा कैदीबन्दीहरूबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए। घटनाको छानबिनका लागि समिति गठन गरिएको छ, र प्रारम्भिक अनुसन्धानका आधारमा जिम्मेवार अधिकारीहरूलाई हटाउने निर्णय गरिएको हो।

    झडपको कारण र जिम्मेवार पक्षको पहिचान गर्न समिति सक्रिय रुपमा अनुसन्धानमा जुटिरहेको स्रोतले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend