२०८३ श्रावण ११ गते सोमवार

images

नेकपा एमाले नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

नेकपा एमाले नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

सहर्ष न्युज
बुधवार, भाद्र ११ २०८२
सहर्ष न्युज
बुधवार, भाद्र ११ २०८२
  • काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। साइबर अपराधसम्बन्धी अनुसन्धान गरिरहेको प्रहरीको साइबर ब्युरोले महरविरुद्ध पक्राउ प्रक्रिया अघि बढाएको हो।

    विद्यार्थी राजनीतिबाट राजनीतिमा सक्रिय भएका महर अनेरास्ववियु हुँदै एमालेको केन्द्रीय नेतृत्वमा पुगेका थिए। स्थायी घर बझाङ रहेका महर प्रतिनिधि सभा निर्वाचन–२०७९ मा नेकपा एमालेबाट उम्मेदवार बनेका थिए। तर, उनी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार भानुभक्त जोशीसँग पराजित भएका थिए।

    हाल महर विवादास्पद गतिविधिमा मुछिँदै आएका छन्। अनुसन्धानका क्रममा साइबर ब्युरोले आवश्यक प्रमाण संकलन गर्दै उनलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो। साइबर ब्युरो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) अन्तर्गत रहेको छ।

    यस विषयमा प्रहरीले विस्तृत विवरण चाँडै सार्वजनिक गर्ने बताएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend